साउन १७, काठमाडौं । निरन्तर घटबढ भइरहेको सुनको भाउ आज भने ह्वात्यै बढेको छ । आज शुक्रबार सुनको भाउ हालसम्मकै उच्च मूल्यमा पुगेको छ ।आज सुन तोलामा नै ८०० रुपैँयाले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६५ हजार ८०० रुपैँयामा कारोवार भइरहेको छ । त्यस्तै आज तेजावी सुन प्रतितोला ६५ हजार ५०० रुपैँयामा कारोवार भइरहेको छ । आज चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला ७७० रुपैँयामा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेपछि नेपाली बजारमा त्यसको प्रभाव परेको महासंघको भनाइ छ । अमेरिकाले आउँदो सेप्टेम्बर १ देखि लागू हुने गरी चिनियाँ सामानमा १० प्रतिशत कर बढाउने घोषणासँगै सेयर बजार कमजोर भएको र अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार