असार ०३, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुन न्यून चापिय रेखा नेपालको दक्षिणतिर अवस्थित रहेको जसको कारण मनसुनी गतिविधि देशभर कम सक्रिय अवस्थामा रहेको बताएको छ । हाल देशको पूर्वी र मध्य क्षेत्रमा सामान्य देखि पूर्ण वदली रही पश्चिम क्षेत्रमा आंशिक देखि सामान्य वदली रहेको छ । साथै पूर्वी र मध्य क्षेत्रका थोरै र पश्चिम क्षेत्रका एक दुई स्थानहरुमा मेघ गर्जन सहित वर्षा भैरहेको छ ।आगामी तीन दिनको मौसम पूर्वानुमान:

श्रावण ३ गते (शुक्रबार)दिउँसो: देशभर आंशिक देखि सामान्य वदली रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना छ। देशका मध्य र पुर्बी तराई क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। राती: देशभर सामान्य वदली रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशका मध्य र पुर्बी क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

श्रावण ४ गते (शनिबार) दिउँसो: देशभर आंशिक देखि सामान्य वदली रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना छ। देशको पुर्वी र मध्य क्षेत्रका एक दुईस्थानमा भारि वर्षा हुने सम्भावना छ । राती: देशभर सामान्य वदली रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। । देशको पुर्वी र मध्य क्षेत्रका एक दुईस्थानमा भारि वर्षा  हुने सम्भावना छ ।

श्रावण ५ गते (आइतवार) दिउँसो: देशभर आंशिक देखि सामान्य वदली रहि केहि स्थानहरुमा वर्षा हुने सम्भावना छ। देशको पुर्वी र मध्य क्षेत्रका एक दुईस्थानमा भारि वर्षा हुने सम्भावना छ । राती: देशभर सामान्य वदली रही देशका केहि स्थानहरूमा वर्षा हुने सम्भावना छ। । देशको पुर्वी र मध्य क्षेत्रका एक दुईस्थानमा भारि वर्षा हुने सम्भावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श: देशका मध्य र पुर्बी क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको (Heavy rainfall) सम्भावना छ जसका कारणले ती क्षेत्रका पहाडी भू-भागमा पहिरो जान सक्ने र पहाड तथा चुरे वाट बहने खोलाहरुमा जल सहत बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध गरिन्छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार