काठमाडौं, २८ असार । रौतहटको सिमानामा भारतले लगाएको बाँध बाढीले भत्किएको छ । बाँध फुटेर पानी भारततर्फ बगेपछि रौतहटमा पानीको सतह घट्न थालेको छ भने स्थानीय बासिन्दा केही हदसम्म खुशी भएका छन् । बिहीबारदेखि परेको अविरल वर्षाले बाढीका कारण बाँध फुटेपछि बाढी भारतीय बस्तीमा पस्न सुरु गरेको छ । बाढी पस्न थालेपछि भारतीय बस्तीहरु बैरगनिया, अशोगी, भकुरहर,सिन्धुलिया लगायत ठाउँका बासिन्दाहरु त्रसित बनेका छन् ।भारतको बैरगनिया र रौतहटको गौरको बीचमा रहेको भारतीय बाँधका कारण सदरमुकाम गौरसहित रौतहटका अधिकांश बस्ती शुक्रबारदेखि डुबानमा परेका छन् ।

भारतीय पक्षले बाँधमा भएका ढोकाहरु नखोलिदिँदा रौतहट डुबानमा परेको हो । बाँध नखोलिदिँदा संकट निम्तिएको भन्दै रौतहटका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले भारतीय अधिकारीलाई पानीको निकास खोल्न आग्रह समेत गरेका थिए । तर भारतीय पक्षले बाढीको निकास खोलिदिनुको साटो बाँधमा सुरक्षाकर्मी खटाएको छ । भारतीय पक्षका कारण संकट उत्पन्न भएको भन्दै रौतहटबासीले सामाजिक सन्जालमार्फत भारतको आलोचना गरेका छन् । यतिबेला फेसबुक प्रयोगकर्ताले भारत विरोधी स्टाटससँगै ‘गो ब्याक इन्डिया’ ह्यासट्याग प्रयोग गरेका छन् ।बाँध फुटेर पानीको सतह कम भएपछि भने रौतहटबासीले केही राहत महसुस गरेको स्थानीयले बताएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार