काठमाडौँ, २७ असार । अविरल वर्षाका कारण घर भत्किँदा काभ्रेमा २ जनाको मृत्यु भएको छ।बनेपा नगरपालिका-३ नालामा घर भत्किँदा ५० वर्षकी गोमा दंगाल र ७ वर्षीया सोहनी दंगालको मृत्यु भएको हो ।घरमाथिबाट खसेको पहिरोले घरमा क्षती पुर्याउँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु हजुरआमा-नातिनी हुन् । घटनामा परिवारका अरु ३ जना घाइते भएको काभ्रे प्रहरीले जनाएको छ ।वर्षाका कारण भोजपुरमा दुई जनाको मृत्यु – अविरल वर्षाले भोजपुरमा दुई जनाको ज्यान गएको छ । वर्षाको कारण घर भत्किँदा र चर्पी बगाउँदा दुई जनाको ज्यान गएको हो ।पहिरोले चर्पी बगाउँदा चर्पीसँगै टेम्केमैयुम गाउँपालिका–९ लेखर्कका जनक विकको ज्यान गएको हो भने रामप्रसाद राई गाउँपालिका–७ बासिखोराका जगतबहादुर राईको घरको चुलि ग्राह्रो भत्किएर ज्यान गएको हो ।घरको पिँढीमा सुतिरहेका अवस्थामा ६६ वर्षिय जगतबहादुर राईको फुसको छानोले बनेको एक तले घरको चुली गाह्रो भत्किएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरिक्षक पाण्डव राजवंशीले जानकारी दिनुभयो । घरका अन्य सदस्य घर बाहिर रहेकाले उनीहरु सुरक्षित रहेको प्रहरी निरिक्षक राजवंशीले बताउनुभयो ।

पहिरोले घर पुरिँदा आमा र दुई नाबालक छोरा बेपत्ता, उद्धार प्रयास जारी-  पहिरोले घर पुरिँदा खोटेहाङ गाउँपालिका(२ वाप्लुखा बाघपच्याङमा आमा र दुई नाबालक छोरा बेपत्ता भएका छन् । वर्षापछि आएको पहिरोका कारण विष्णु राईको घर पुरिँदा उहाँकी श्रीमती रेखा राई र दुई नाबालक छोरा बेपत्ता भएका हुन् । शुक्रबार बिहान झण्डै तीनरचार सय मिटर माथिबाट झरेको पहिरोले घर पुरिँदा आमा र दुई छोरा बेपत्ता भएको वडाध्यक्ष दिपेन राईले बताउनुभयो । पहिरोमा भागेर ज्यान जोगाएका विष्णुको पनि हातखुट्टामा चोट लागेको छ ।बेपत्ता भएका आमा र दुई जना बालकको उद्धार कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक बामदेब गौतमले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार