असार २७, काठमाण्डौ । यति एयरलाइन्सको जहाज धावन मार्गमा चिप्लिएपछि त्रिभुवन विमानस्थलमा उडान र अवतरण अवरुद्ध भएको छ ।विदेशका बिभिन्न ठाउँबाट आएका जहाज अवतरण गर्न नसकेपछि फर्किएका छन् । दुबईबाट आएको नेपाल एयरलाइन्स र दोहाबाट आएको कतार एयरवेज फर्किएका छन् । बैंककबाट आएको थाइ एयर र ढाकाबाट आएको विमान बंगलादेश एयरलाइन्सको जहाज आकाशमै घुमिरहेका छन् ।काठमाण्डौबाट उड्न ठिक्क परेका जहाज पनि रोकिएका छन् । पानी परिरहेकाले अवरुद्ध धावनमार्ग सञ्चालनमा केही समय लाग्ने विमानस्थल कार्यालयले जनाएको छ ।

यो पनि पढनुहोस.. यति एयरलाइन्सको जहाज धावनमार्गमा चिप्लियो, उडान र अवतरण अवरुद्ध –नेपालगञ्जबाट आएको यति एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा अवतरणको क्रममा धावनमार्गमा चिप्लिएको छ । बिहान ११ बजेर ६ मिनेटमा जहाज चिप्लिएर चौरमा पुगेको र त्यस क्रममा दुई जना यात्रु सामान्य घाइते भएका विमानस्थल कार्यालयले जनाएको छ ।धावनमार्गमा जहाज चिप्लिएपछि अहिले विमानस्थलमा उडान र अवतरण बन्द भएको छ।घाइतेको केएमसी अस्पताल सिनामंगलमा उपचार भैरहेको छ । अरु यात्रु सुरक्षित रहेको र उनीहरुलाई जहाजबाट बाहिर निकालिसकिएको पनि विमानस्थल कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार