असार १५, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । आइतबार बिहान ६ बजे सार्वजनिक पूर्वानुमानमा असार १५ गतेदेखि असार १७ गतेसम्मको मौसम पूर्वानुमान गरिएको छ ।

असार १५ गते (आइतवार) दिउँसोः देशभर सामान्य बदलि भइ देशका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै पश्चिम र पूर्वका एक दुइ स्थानहरुमा भारी बर्षाको सम्भावना रहेको छ । रातिः देशभर सामान्य बदलि भइ पुर्व र मध्यका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

असार १६ गते (सोमबार) दिउँसोः देशभर सामान्य बदलि भइ देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। रातिः देशभर सामान्य बदलि भइ पुर्व र मध्यका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। त्यस्तै पश्चिम र पूर्वका एक दुइ स्थानहरुमा भारी बर्षाको सम्भावना छ ।

असार १७ गते (मंगलबार) दिउँसोः देशभर सामान्य बदलि भइ देशका धेरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ। रातिः देशभर सामान्य बदलि भइ पुर्व र मध्यका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।मध्य र पूर्वका एक दुइ स्थानहरुमा भारी बर्षाको सम्भावना छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार