असार १४, काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । शनिबार बिहान ६ बजे सार्वजनिक पूर्वानुमानमा असार १४ गतेदेखि असार १६ गतेसम्मको मौसम पूर्वानुमान गरिएको छ । असार १४ गते (शनिबा) दिउँसोः आज दिउँसो देशको मध्य र पुर्वी भूभागमा सामान्य बदलि रहनेछ भने पश्चिमि भूभागमा आंशिक देखि सामान्य बदलि हुनेछ । देशका पुर्व र मध्यका केहि स्थानहरुका साथै पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ। रातिः आज राति देशभर सामान्य बदलि भइ पुर्व र मध्यका धेरै स्थानहरुमा र पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।पुर्वका एक दुइ स्थानमा भारि बर्षा हुने सम्भावना रहेको छ।

असार १५ गते दिउँसोः देशभर सामान्य बदलि भइ देशका केहि स्थानहरुमा वर्षाको सम्भावना रहेको छ। रातिः देशभर सामान्य बदलि भइ पुर्व र मध्यका केहि स्थानहरुमा साथै पश्चिमका थोरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।असार १६ गते दिउँसोः देशभर सामान्य बदलि भइ देशका धेरै स्थानहरुमा वर्षाको सम्भावना रहेको छ। रातिः देशभर सामान्य बदलि भइ पुर्व र मध्यका धेरै स्थानहरुमा र पश्चिमका केहि स्थानहरुमा वर्षाको सम्भावना रहेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार