असार ११, अस्ट्रेलिया । चलचित्र निर्माता तथा एनआरएन अस्ट्रेलियाका अध्यक्ष पदका उम्मेद्वार दिनेश पोखरेल र बाबा कन्सल्टेन्सीका निर्देशक रबिन्द्र कुमार शर्माले माझी बस्तीकी अभियन्ता तथा नायिका स्वेता खड्कालाई जनही एक लाख ११ हजार एक सय ११ हस्तान्तरण गरेका छन् । आजै बिहान नायिका स्वेता खड्कासँग भएको भेटघाटमा उहीहरुले माझी बस्ती अभियानका लागि उक्त रकम सहयोग गरेका हुन्। निकट भबिस्यमा माझी बस्तीको लागि ठूलो सहयोग जुटाउने अभिप्रायले सिड्नीमा आयोजना गरिने कार्यक्रममा दुबै जना सक्रिय रुपमा लाग्ने पनि प्रतिबद्धता जनाएका छन् ।नेपालमा आटिजम प्रभावित बच्चाहरुका लागि विशेष स्कूल भबन निर्माणको सहयोगार्थ एनआरएनए अष्ट्रेलियाले जुन १० का दिन सिड्नीमा आयोजना गरेको परोपकारी डिनर कार्यक्रमको सहयोगका लागि नायिका खड्का अस्ट्रेलिया आएकी हुन् ।

नायिका खड्का करिब दुई हप्ता सिड्नी बस्ने क्रममा स्वेताश्री फाउण्डेसनले निर्माण गरिरहेको सिन्धुपाल्चोकको माझीबस्तीका लागि सहयोग सङकलन कार्यमा पनि जुटिरहेकी हुन। स्वेताश्री फाउण्डेसनको सहयोगार्थ एनआरएनए अष्ट्रेलिया नारी निकुन्जले गत शनिबार स्वेतासंग ब्रेकफास्ट नामक कार्यक्रम आयोजना गरेर सहयोग सङकलन गरेको छ।सहयोगको फेयरिस्त आउन बाँकी नै भए तापनि सबै खर्च कटाएर करिब अस्ट्रेलियन डलर ७,००० माझी बस्तीको लागि प्राप्त हुने अनुमान छ।त्यस्तै स्वेता शनिबार तनँहु समाज अष्ट्रेलियाले आयोजना गरेको बार्बिक्यु कार्यक्रममा समेत सहभागी भएर तनहुँका समुदायलाई भेटेकी छिन् । समाजले पनि स्वेताश्री फाउण्डेसनलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।सन् २०१५ मा नेपालमा गएको बिनासकारी भुकम्पमा परी घरबार बिहिन भएका पिडितहरुका लागि फाउण्डेसनले ५३ वटा घर निर्माण गरेको र यो अहिले अन्तिम चरणमा छ। ८० प्रतिशत काम सम्पन्न भईसकेको माझिबस्तीको लागि आधारभूत संरचना, स्वास्थ्य चौकी, पार्क आदि पुरा गर्नका लागि उनलाई २ करोडभन्दा बढी रकम आबस्यक पर्ने बताएकी छिन् ।-असनेपालन्युजबाट

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार