असार ३, काठमाडौं । लोक सेवा आयोगले स्थानीय तहका विभिन्न पदमा आह्वान गरेको आवेदन भर्ने म्याद थप गरेको छ ।मंगलवार सूचना जारी गर्दै आयोगले अनलाइन सिस्टममा आएको समस्याका कारण १ हप्ता समय थप गरेको जनाएको छ । असार ३ गते मंगलवार फारम भर्ने अन्तिम म्याद भएपनि अब असार १० गतेसम्म फारम भर्न सकिने छ भने दोब्बर दस्तुर तिरेर असार १७ गतेसम्म फारम भर्न सकिने आयोगले जनाएको छ । लोक सेवा आयोगले अनलाइन आवेदन फारम भर्न दिएको अन्तिम दिन आज असार ३ गते ‘सर्भर डाउन’ भएर फारम भर्न नसकिएपछि आवेदकले पनि म्याद बढाउन माग गरेका थिए । तल हेर्नुहोस् सूचना..

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार