जेठ २८, टोक्यो । टोक्यो प्रहरीले गत आईतबार एक ५३ वर्षीय महिलालाई आफ्नो पतिको लाश गत ४ महिना देखि आफ्नै अपार्टमेन्ट मै राखेको अभियोगमा पक्राउ गरेका छन् । जानकारी अनुसार पक्राउ यासुको नाईतोले उनीहरुलाई पतिको मृत्यु गत फेब्रअरी मै भएको र आफुलाई के गर्ने हो भन्ने अलमल भएपछि उनले पतिको लाश कपडाले बेरेर त्यहि राखेको बयान दिएकी छिन् । लाश बारे गत शुक्रबार मात्र पत्ता लागेको थियो ।अपार्टमेन्टमा काम गर्ने एक कार्यकर्ताले त्यहाँ नराम्रो गन्ध आएपछि संका भएको थियो । लाशको बाहिरी भागमा कुनै पनि चोटको निशान नभएको र अब अटोस्पाई गर्ने प्रहरीले बताएका छन् । पति अचानक एक दिन नउठेको नाईतोले बयान दिएकी छिन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार