जेठ १५, काठमाडौं ।सरकारले कर्मचारीहरूको तलब वृद्धि गरेको छ ।संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/०७७ को वार्षिक बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले १८ देखि २० प्रतिशत तलब वृद्धिको घोषणा गरेका हुन् ।राजपत्र अनंकिततर्फ २० प्रतिशत र राजपत्रांकिततर्फ १८ प्रतिशत हुने गरी वृद्धि गरिएको तलब आगामी साउन १ गतेदेखि लागू हुनेछ । यस्तै पोसाक लगायतका भत्ता यथावत राखिएको छ ।

सांसदलाई ६ करोड बजेट !
सरकारले चौतर्फी आलोचनामा परेको स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम (सांसद विकास कोष) को रकम बढाएर ६ करोड पुर्‍याएको छ ।संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/०७७ को लागि वार्षिक आय–व्ययको अनुमान (बजेट) पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सांसद कार्यक्रमको रकम २ करोड बढाएर ६ करोड पुर्‍याएका हुन् । प्रतिनिधि सभाका प्रत्यक्ष निर्वाचित सांसद संयोजक हुने  कार्यक्रमको अनुगमनका लागि राष्ट्रिय सभाका सांसदलाई समेत समावेश गर्ने गरी कार्यविधि संशोधन गरिने मन्त्री खतिवडाले बताए । सांसदले रकम बढाएर १० करोड पुर्‍याउन माग गरेका थिए । सांसद विकास कोषको रकम दुरुपयोग भएको भन्दै कार्यक्रम नै खारेज गर्न दबाब परेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार