जेठ १५, काठमाडौं । सरकारले कृषिको सीप सिकेर विदेशबाट फर्किएका युवालाई अर्गानिक खेतीमा प्रोत्साहन गर्ने भएको छ ।चालु आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले यस्तो जानकारी दिनुभएको हो । साथै सरकारले युवालाई स्थानीय स्तरमै हुने विकास निर्माणको काममा पनि परिचालन गर्ने योजना बनाएको छ ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई ८ अर्ब १० रुपैयाँ बजेट विनियोजन गरिएको छ ।सरकारले यो कार्यक्रम सबै प्रदेश र स्थानीय तहसम्म लैजाने जनाएको छ । दुई वर्ष अघिदेखि सरकारले यो कार्यक्रम शुरु गरेको थियो ।

यस्तै सरकारले बजारको माग र बेरोजगारको चाहनाअनुसार नविन सियुयुक्त कार्यक्रम सञ्चालन गर्ने भएको छ । यस्तै श्रम सम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धताको प्रभावकारी कार्यान्वयन गर्ने पनि सरकारले सार्वजनिक गरेको बजेटमा उल्लेख गरिएको छ। यस्तै सरकारले वैदेशिक रोजगारीमा रहेकाले बैंकमार्फत मात्रै रेमिट्यान्स पठाउन प्रोत्साहित गरिने जनाएको छ ।यस्तै विदेश जान सबै लागत रोजगार दाताले नै बेहोर्नु पर्ने भएको छ । सरकारले श्रम तथा रोजगार क्षेत्रका लागि ५ अर्ब १ करोड बजेट विनियोजन गरेको छ।

सरकारले छात्रालाई निःशुल्क ‘सेनेटरी प्याड’ बाँड्ने: सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई निःशुल्क रुपमा सेनेटरी प्याड उपलब्ध गराउने भएको छ ।आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट संघीय संसदको संयुक्त संसदमा पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले निःशुल्क प्याड वितरणका लागि बजेट विनियोजन गरेको जनाएका छन् ।यसका साथै सरकारले सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने भएको छ । संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/०७७ को लागि वार्षिक आय व्ययको अनुमान (बजेट) पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले स्वास्थ्य बीमाका लागि ६ अर्ब विनियोजन गरिएको जानकारी दिए ।

त्यस्तै, दुर्गम क्षेत्रका जोखिममा परेका महिलाको हवाई उद्धारका लागि २२ करोड विनियोजन गरिएको छ । महिला बालबालिका र जेष्ठ नागरिक शीर्षकमा ७८ करोड बजेट विनियोजन गरिएको छ भने सामाजिक सुरक्षाका लागि ६८ अर्ब ५० करोड विनियोजन गरिएको छ ।बाल संरक्षण अनुदानमा १ अर्ब ६४ करोड रुपैयाँ विनियोजन गरिएको बजेट भाषणमा उल्लेख गरिएको छ ।

सरकारले आज आर्थिक वर्ष २०७६/७७ को बजेट संघीय संसदमा पेश गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषण पढिरहेका छन् ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार