जेठ १५, काठमाडौं । लोकसेवाले ठूलो संख्यामा कर्मचारीको माग गरेको छ । लोकसेवा आयोगले सातवटै प्रदेशका विभिन्न स्थानीय तहका लागि विभिन्न सेवा समूहका प्राविधिका तथा अप्राविधिक तर्फका पदहरुको लागि खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको लागि दरखास्त आह्वान गरेको हो ।

आयोगले कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ को व्यवस्था तथा नेपाल सरकारको मिति २०७६/२/६ को निर्णय अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत प्राप्त स्थानीय तहका रिक्त पदहरुको लागि खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको लागि दरखास्त आह्वान गरेको हो । आयोगले तह ४,५, ६ र ९ को लागि विभिन्न पदमा विज्ञापन खुलाएको हो । तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेद्वारले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिनुपर्नेछ भने प्रतियोगितात्मक परीक्षाबाट भनोट भएका उम्मेदवारको रोजाई प्राथमिकता क्रमअनुसार स्थानीय तह तोकि सिफारिस गरिने आयोगले जनाएको छ ।यसरी सिफारिस भएका उम्मेदवारलाई सम्बन्धित स्थानीय तहले नै स्थायी नियुक्ति दिनेछन् ।

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरुले लोकसेवा आयोगको अनलाइन दरखास्त प्रणाली psconline.psc.gov.np मार्फत आवेदन दिनुपर्नेछ । इच्छुक उम्मेदवारहरुले आउँदो असार ३ गतेसम्म अनलाइन आवेदन दिइसक्नुपर्नेछ भने दोवर दस्तुर तिरेर असार १० गतेसम्म आवेदन दिन सक्नेछने । २१ वर्ष पूरा भएका र ३५ वर्ष ननाघेका नपाली नागरिकले आवेदन दिन सक्नेछन् । विज्ञापनको विस्तृत विवरण हेर्नको लागि तलको लिंकमा CLICK गर्नुहोस् ।

http://www.psc.gov.np/assets/uploads/files/Advert_Detailed_76_2_151.pdf

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार