जेठ १४, काठमाडौं । लोकसेवा आयोगले स्थानीय तहका लागि प्रतियोगितात्मक परीक्षाको पाठ्यक्रम सार्वजनिक गरेको छ । आयोगका प्रवक्ता एवं सहसचिव किरणराज शर्माका अनुसार हाल आयोगले स्थानीय तहका लागि विभिन्न प्राविधिक तथा अप्राविधिक पदहरूको पदपूर्तिका लागि आवश्यक पाठ्यक्रम तयार पारी सार्वजनिक गरेको हो ।

मुलुक संघीय संरचनामा गएसँगै आयोगले संघीय संरचनाअनुरूपको पाठ्यक्रम बनाई लागू गरेको हो । आयोगले पहिले भएका पाठ्यक्रममा परिमार्जनसहितको नयाँ पाठ्यक्रम तयार पारेको जनाएको छ ।आयोगले स्थानीय तहमा आवश्यक पदपूर्तिका लागि आवश्यकताअनुरूप यसअघि केन्द्रीय संरचनाअनुरूपको पाठ्यक्रम तयार पार्ने गरेकोमा हाल त्यसलाई परिमार्जन गरी विभिन्न प्राविधिक तथा अप्राविधिक पदहरूको पाठ्यक्रम तयार पारेको हो । राजधानी दैनिकमा खबर छापिएको छ । तल हेर्नुहोस् पाठ्यक्रम….

स्थानीय तहको पाठ्यक्रम हेर्न यहाँ CLICK गर्नुहोस्….

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार