जेठ ०९, काठमाडौ । पुर्चौडी नगरपालिका–५ कुवाकोट स्थायी घर भई पुर्चौडी नगरपालिका –७ बसपार्कमा टहरा बनाएर बस्दै आएका एकैघरका तीन जनाको जलेर ज्यान गएको छ । ज्यान गुमाउनेमा अन्दाजी ४५ वर्षीय करे लुहार उनकी ४० वर्षीया श्रीमती वृन्दा लुहार र ८ वर्षीय छोरा मनोज लुहार रहेका प्रहरीले जनाएको छ । बुधबार राति खाना खाएर टहरामा सुतेका बेला चुल्होको आगो सल्केर आगलागी हुँदा लुहार परिवारको ज्यान गएको हो । बुधबार राति पौने १० बजेतिर आगो लागेको तर लुहारको परिवारलाई बचाउन नसकिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नेत्रमणी गिरीले बताउनुभयो । प्रहरी र स्थानीय घटनास्थल पुग्दा उनीहरु जलिसकेका थिए ।मजदुरी गरेर तथा मागेर जीवन निर्वाह गर्दै आएका लुहार परिवार गएको ७ वर्ष यता बसपार्कमा टहरो बनाएर बस्दै आएका पुर्चौडी नगरपालिकाका स्वास्थ्य संयोजक विनोद कुँवरले बताउनुभयो  घटनाबारे थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक गिन्द्रबहादुर वोगटीको नेतृत्वमा घटनास्थलमा प्रहरी टोली खटिएको बताइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार