जेठ ९, काठमाडौ । बिहीबार देशका अधिकांश भू–भागमा आंशिक बदली रही अपरान्हपछि सामान्य बदली भई केही स्थानहरुमा मेघगर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वामान महाशाखाले जनाएको छ । त्यस्तै महाशाखाका अनुसार रातिको समयमा देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदलि रही केही स्थानहरुमा मेघगर्जन, हावाहुरी सहित वर्षाको सम्भावना छ ।

यो पनि पढ्नुहोस.. बिहीबार राष्ट्रपतिलाई स्वागत गर्न तयार पिच बुधबार साँझै पानीले पखाल्यो.. राष्ट्रपति विद्यादेवी भण्डारीको स्वागतका लागि ओखलढुंग सदरमुकाममा हतारमा गरिएको पिच केही घन्टामै भत्किएको छ । सडकमा वर्षौदेखि परेका खाल्डाखुल्डी पुर्दै बुधबार दिनभर गरिएको पिच बुधबार साँझ आएको मुसलधारे पानीले बगाएको हो । सिद्धिचरण पार्क, गणेश मन्दिर चोक, नयाँ हुलाकमार्र्ग, भैरवटोल, पुरानो हुलाक डाँडादेखि रामबजारसम्मका दर्जनौँ खाल्डा पुर्दै दिनभर पिच गरिएकोमा अधिकांश पिच साँझको पानीले बगाएको छ । गणेश मन्दिर नजिक खाल्डा पुरेर पिच गरिएको मुशलधारे पानीले पुरै बगाएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार