जेठ ०९, काठमाडौं । सामाजिक काममा अभ्यस्त रहेको बताउने मोडल खुश्वु ओली विभिन्न विवादका कारण बेलामौका चर्चामा आउने गरेकी थिइन् । उनको विवादको एउटा अध्यायमा मंगलबार तीन महिना जेल र तीन हजार जरिवाना पनि थपिएको छ । हालका प्रहरी एआइजी पुष्कर कार्की अपराध महाशाखा प्रमूख हुँदा इन्काउन्टरमा मारिएका डन दिनेश अधिकारी ‘चरी’सँगको प्रेमका कारण पनि ओली चर्चामा थिइन् । यतिमात्र होइन, चरी इन्काउन्टर फेक भएको भन्दै उनी मिडियासम्म आइन् । उनले यस प्रकरणमा निक्कै चर्को आलोचना गरेकी थिइन् ।

उनै मोडल खुश्वुले सप्तरीको गोपाल कटुवालसँग ३६ लाखको जालझेल गरिन् । ओलीले तिर्नुपर्ने रकम क्यास होइन, चेक दिइन् । तर, कटुवालले चेक साट्न जाँदा कहिले रकम पाएनन् । न, ओलीले त्यो खातामा रकम जम्मा गरिन् । अनि, चेक बाउन्स गरी ओलीलाई कारबाहीका लागि मुद्दा लिएर जिल्ला अदालत पुगेका थिए, कटुवाल । ‘प्रक्रियामा गएका कारण कारबाहीको फैसाल भइसकेको छ, अब उनको रकम के हुन्छ त्योचाहिँ थाहा छैन, अदालतले रकम भराउन आदेश दिएको छ’, स्रोतले भन्यो ।

चेक बाउन्स मुद्दामा दोषी ठहर गर्दै जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले मंगलबार ओलीलाई सजाय सुनाएको थियो । सन् २००६ मा मिस टिनको उपाधी ओलीले जितेकी थिइन् । सोही जोडबलमा कटुवालसँगको मित्रता र घनिष्टता बढाउँदै ३६ लाख सापट लिएकी थिइन् ।जिल्ला अदालत मुद्दा शाखाका अनुसार विनिमयपत्र अधिकारसम्बन्धी ऐन २०३४ अनुसार दायर मुद्दामा अदालतले ३६ लाख भराउन पनि आदेश गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार