जेठ ४ कावासोती । नवलपुरमा दुईदिन विद्युत अवरुद्ध हुने भएको छ । जेष्ठ ४ गते विहान ५ बजे देखी राति १० बजे सम्म विद्युत अवरुद्ध हुने विद्युत प्राधिकरणले जानकारी दिएको छ । मर्मतको काम भइरहेको हुँदा विद्युत अवरुद्ध हुने जानकारी दिइएको हो । शनिबार र आईतबार ( आज र भोलि ) प्रगतिनगर शव स्टेशनको ३३ केभी प्रशारणलाईन तथा कावासोती वितरण केन्द्र अन्तरगत ३३ केभी फिडरहरुवाट विद्युत आपुर्ती बन्द रहने जानकारी दिइएको छ । १३२ केभी विद्युत् प्रशारण लाइनमा रहेका १५ एमभीएका ट्रान्समिटर हटाएर ३० एमभीएका ट्रान्समीटर राख्ने काम हुने भएकाले विद्युत् सेवा बन्द हुने प्राधिकरणले सूचना मार्फत जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार