वि.सं. २०७६ ज्येष्ठ ०४ गते शनिबार तदनुसार ई. सं. २०१९ मई १८ तारिख,

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) जीवनसाथि सँग अबिश्वास बढ्नेहुदा कामहरु प्रभावित हुने योग रहेकोछ । व्यावसायमा तत्काल ठुलो लगानी नगर्नुहोला लगानी फस्ने योग रहेकोछ । स्वास्थ्यमा समस्या आउनेछ भने पढाइ लेखाइमा कमजोरिको महशुष हुनेछ । सवारि साधन तथा विलाशी बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) घर परिवारमा आफन्त तथा पतिपत्नि बिच मनमुटाब बढ्नेछ । मौसम तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । गोप्य कुराहरु बाहिर आउँने अधिक सम्भावना रहेकोछ । धन सम्पति तथा अचल सम्पति हराउँन तथा लुटिन सक्छ सजक रहनुहोला ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बौद्धिक ब्याक्तित्वहरु सामु तपार्ईँले प्रस्तुत गर्नुभएको खरो प्रश्तुतिले सबैको मन जित्नेछ । पढाइ लेखाइमा अरुभन्दा एक कदम अगि बढि नतिजा आफैतिर ल्याउँन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेकोछ । सन्तान तथा छोराछोरिको प्रगतिमा मन रमाउँनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,ड) आमा तथा आमा सरहका मानिस सँग बिवाद बढ्ने योग रहेको छ । सामान्य छाति सम्बन्धि समस्या आउँन सक्छ ख्याल गर्नुहोला । प्रतिश्पर्धिहरुले काममा अवरोध पु¥याउन सक्छन् ध्यान दिनुहोला । अध्ययन तथा अध्यापनमा तपार्ईँ आफ्नै कारणले पछि पर्नुहुनेछ । व्यापार व्यावसायमा प्रसस्त समय दिनु पर्नेछ भने कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । आत्मिय साथि तथा आफन्त सँग मनमुटाब बढ्ने योग रहेकोछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यावसायमा लगानी गर्दा घाटा हुन सक्छ ध्यान दिनुहोला । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने हुनालेदैनिक कामकाज गर्न गाह्रो हुनेछ । पढाइ लेखाइमा ध्यान नजादा अरु भन्दा पछि परिनेछ । मायाप्रेममा धोका हुनेछ भने पतिपत्नि सँग मनमुटाब बढ्न सक्छ । दाजुभाई तथा छिमेकिसँगको सम्बन्धमा मनमुटाव सिर्जना हुनेछ । खुट्टा तान्ने तथा कुरा काट्नेहरु सक्रिय रहनेछन् ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) मिठो मसिनो तथा स्वादिष्ट भोजनका साथ रमाईलो गर्दै दिन कटाउँन सकिनेछ । बोलिको प्रभाव बढ्ने तथा थोरै बोलेर महत्वपुर्ण कामहरु फत्ते गर्न सकिनेछ । प्रेमप्रसङमा आफूले मायालुलाई आफ्नै वरिपरि देख्न पाउँदा मन खुसी हुनेछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ । फेसेनेवल तथा विलासी सामानको व्यापार व्यावसायबाट मनग्गे आम्दानीगर्न सकिनेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनालेनतिजा तपार्ईँकै पोल्टोमा पर्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) रतिष्ठित काम गर्ने अवसर आउँनेछ भने बिशिष्ट ब्याक्तिहरु नजिकिने छन् । कन्फिडेन्ट पावर बढ्ने हुँदा उपलब्धि मुलक कामहरु बन्नेछन् । राजनीति तथा समाजसेवामा समय दिनेहरुले पद पाउँने समय रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा आम्दानीका स्रोतहरु फराकिला हुनेछन् । सुन्दर तथा विलासी सामानको प्रयोग मार्फत अरुको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसायमा प्रसस्त समय दिएपनि आम्दानी थोरै नै हुनेछ । कामगर्दा ख्याल गर्नु जरुरि देखिन्छ समयमा कामहरु सम्पन्न नहुँदा मान सम्मानमा आघात पर्न सक्छ । पढाइ लेखाइमा तपार्ईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । बिदेश यात्राको गतिलो सम्भावना रहेको छ भने बिदेशी सामानको व्यापार फस्टाएर जानेछ । मायाप्रेममा अबिश्वास बढ्नेछ भने सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने योग रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफन्त जन तथा दाजुभाईबाट भनेजस्तो सहयोग पाइने हुदा मन प्रशन्न रहनेछ । मायाप्रेममा सामिप्यता बडेर जानेछ भने परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानीगर्न सकिनेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ । बिद्यामा प्रतिस्पर्धिहरुलार्ई किनारा लगाउँदै नतिजा आफैतिर ल्याउँन सकिनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फन मनग्गे धन आर्जन गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समय राम्रो नभएकोले राज्य बाट पाउने सेवा सुबिधाबाट बञ्चित हुनु पर्नेछ । व्यापार व्यावसायमा लगानी गरेपनि लाभ थोरै मात्र हुनेछ । पैत्रिक स्रोत तथा प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिुनहोला । अध्ययनमा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । तापनि आफन्त तथा मन परेको मानिस सँग रमाईलो यात्राको तय गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचना सहितको समर्थन पाइने छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आफ्नो रितिरिवाज जोगाउने काममा समय खर्च हुनेछ । सामाजिक कामगरि समाजमा नाम तथा दाम दुबै कमाउन सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जाने तथा आफन्तहरुलाई खुसी पार्न सकिनेछ । नया काम पाउने तथा बढुवा हुने योग रहेको छ । व्यापार व्यावसायमा लगानी बढाई प्रसस्त नाफा कमाउने समय रहेको छ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागि दिन उत्तम रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) काम गर्दा ख्याल गर्नुहोला शुरुगरेका कामहरु बिग्रने तथा आर्थिक भार पर्नेछ । व्यापारमा लगानी गरे पनि आम्दानी नहुने हुनाले दैनिक गुजार ऋण लिएर चलाउनु पर्ने बाध्यता आउनेछ । प्रणय सम्बन्धमा चिसोपनको सुरुवात हुनेछ भने जीवन साथिको सहयोग नपाउदा कामहरु थाति रहनेछन् । पढाइ लेखाइ अथुरै रहनेछ भने नतिजा अरुतिर जानेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला अप्रिर्य घट्ना घट्न सक्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार