जेठ ०३, काठमाडौ । धादिङलाई केन्द्रबिन्दु बनाएर शुक्रबार दिउँसो ५ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौं लगायतका जिल्लामा महशुस गरिएको छ ।दिउँसो २ बजेर ८ मिनेट जाँदा भूकम्प गएको हो । यो भूकम्प २०७२ सालमा गएको शक्तिशाली भूकम्पको परकम्प रहेको भूकम्प मापन केन्द्रका भूकम्पविद भरत कोइरालाले जानकारी दिए ।यसअघि वैशाख २९ गते दैलेखमा ५.१ रेक्टर स्केलको भूकम्प गएको थियो ।

यो पनि पढ्नुहोस गोक्यो तालबाट झिकिएको शवको मुचुल्कामा ढिलाइ..प्रहरी पुग्न ढिला हुँदा सोलुखुम्बुको गोक्यो तेश्रोबाट निकालिएको शवको मुचुल्का गर्न ढिलाइ भएको छ । शव खोज्न खटिएको टोलीले बिहीबार बिहानै एक जनाको शव निकालेको भए पनि प्रहरी नपुगेकोले अझै मुचुल्का हुन सकेको छैन । मुचुल्का नहुँदा शवबाट दुर्गन्ध फैलिएको स्थानीयले बताए । शव निकालिएको गोक्यो ताल पुग्न नाम्चेबाट दुई दिन हिँड्नुपर्ने भएकोले पुग्न ढिलाइ भएको इलाका प्रहरी कार्यालय नाम्चेका प्रहरी निरीक्षक देउप्रसाद लिम्बूले बताउनुभयो । ‘हिजो बिहान शव निकालेपछि मात्र जानकारी भयो, जानकारी पाउनसाथ टोली पठाएका छौँ, आज दिउँसो सम्म पुगेर मुचुल्का गर्छौं’, लिम्बूले भन्नुभयो । हिँडेर जान टाढा भएको र अन्य विकल्प नभएकोले ढिलाइ भएको प्रहरीले बताएको छ ।

गएको साउन १९ गते गोक्यो तालमा पौसिड खेल्दा डुबेका तीन जना विद्यार्थीमध्ये सुनिल बराइलीको शव बिहीबार निकालिएको थियो । विदेशी विशेषज्ञ र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले परिचालन गरेको रोबोटले झण्डै ३५ फिट गहिराइमा शव पहिचान गरेर बाहिर निकालेको सशस्त्र प्रहरी बलका इन्स्पेक्टर पुरुषोत्तम भण्डारीले जानकारी दिनुभयो । बेपत्तामध्ये पेम्बा नुरु शेर्पाको शव त्यतिबेलै निकालिएको थियो भने पेम्बा दोर्जी शेर्पाको शव खोज्न टोली बिहानैदेखि लागिरहेको टोलीमा सहभागी विक्रम श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार