जेठ ०३, काठमाडौं । आज सुनको भाउ ह्वात्यै घटेको छ । हिजो तोलामा १०० रुपैँयाले बढेको सुनको भाउ आज शुक्रबार भने तोलामा नै ५०० रुपैँयाले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६० हजार २०० रुपैँयामा कारोवार भइरहेको छ । त्यस्तै आज तेजावी सुन प्रतितोला ५९ हजार ९०० रुपैँयामा कारोवार भइरहेको छ । आज चाँदीको भाउ पनि तोलामा १० रुपैँयाले घटेको छ । आज चाँदी प्रतितोला ७१५ रुपैँयामा कारोबार भइरहेको छ ।यो पनि पढ्नुहोस्….

माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रणालीमा जोडियो…
माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको विद्युत् बिहीबारदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । उक्त आयोजना लामो समय विवाद र प्राकृतिक प्रकोपका कारण समस्यामा परेको थियो ।यो दिनको प्रतिक्षाका लागि प्राधिकरणले विगत दश वर्षदेखि अनवरत प्रयास गर्दै आएको थियो ।

आयोजनाको पहिलो युनिटबाट ३० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिई आयोजना पूर्णरुपमा सम्पन्न भएको हो ।नेपाल विद्युत् प्राधिकरणका कार्यकरी निर्देशक कुलमान घिसिङले नुवाकोटको किस्पाङ–५ सिम्लेस्थित स्विचयार्डको कन्ट्रोल रुममा रहेको स्विच दबाएर आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको घोषणा गर्नुभयो । आयोजनाको विद्युत् सिम्लेमा रहेको विद्युत्गृहबाट २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत् काठमाण्डाै मातातीर्थस्थित सबस्टेशनमा जोडिएको छ ।

शुक्रबार साँझ ५ बजेबाट पहिलो युनिटबाट परीक्षणका रुपमा लगातार ७२ घण्टा विद्युत् उत्पादन गरिने छ । त्यसपछि उपकरण तथा सुरुङ, बाँधलगायतका संरचनाका पुनः परीक्षण गरिने र सो परीक्षण सकिएपछि आयोजनाबाट नियमित विद्युत् उत्पादन शुरु हुनेछ । आयोजनाको दोस्रो युनिट भने आगामी असारको दोस्रो साताभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।

कार्यकारी निर्देशक घिसिङले माथिल्लो त्रिशूली थ्री ए सञ्चालनमा आएपछि कुलेखानी जलाशयको पानी जोगिने र भारतबाट आयात भइरहेको विद्युत् परिमाण घट्ने बताउनुभयो । विद्युत् बढी माग हुने काठमाडौँ उपत्यकाबाट नजिक रहेको र हिउँदमा समेत करीब ४५ मेगावाट विद्युत् उत्पादन हुने भएकाले यसबाट काठमाडौँ उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई सन्तुलनमा राख्न ठूलो योगदान रहनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार