जेठ ०३, काठमाडौ । भारतको यू–१९ महिला क्रिकेटको घरेलु प्रतियोगितामा कसारागोडको टिम ४ रन बनाउँदा अलआउट भएको छ । मल्लापुरमको पेरिनथलमन्ना स्टेडियममा बिहीबार भएको खेलमा वायनाडविरुद्धको खलेमा कसारागोड ४ रनमा अल उट भयो । उसका कुनै पनि खेलाडीले खाता खोल्न सकेनन् । सबै खेलाडी बोल्ड आउट भएका थिए । टिमले जोडेको ४ रन पनि अतिरिक्तबाट आएको हो । क्रिकेटको इतिहासमा सबै खेलाडी एकै किसिमले आउट भएको पहिलो पटक हो । वायनाडाले ५ रनको लक्ष्य पहिलो ओभरमै पूरा गर्दै १० विकेटको जित निकालेको थियो ।

कसारागोडले सुरुको २ ओभरसम्म कुनै पनि विकेट गुमाएको थिएन् । कप्तान एस अक्षताले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेकी थिइन् । टिमकी ओपनर विक्षिता र एस चित्राले २ ओभरसम्म ब्याटिङ गर्दा खाता नै खोल्न सकेनन् । वायनाडले लगातार विकेट लिएको थियो । २ वर्ष पहिले नागाल्याण्डको टिम २ रनमा अलआउट भएको थियो । २०१७ फेब्रुअरीमा केरलाविरुद्धको खेलमा नागाल्याण्डको महिला यू १९ टिम २ रनमा अल आउट हुँदा ओपनर मेनकाले एक रन बनाएकी थिइन् । त्यतिबेला एक रन वाइडका रुपमा आएको थियो ।

यो पनि पढ्नुहोस.. इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले विश्वकपका लागि नयाँ डिजाइनको स्कोरकार्ड ल्याउने – इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डले विश्वकपका लागि नयाँ डिजाइनको स्कोरकार्ड ल्याउने भएको छ । यो स्कोरकार्ड दर्शकका लागि बनाइएको हो, जसमा दर्शकले ब्याट्सम्यानले बनाएको रन भर्न सक्नेछन् । नयाँ डिजाइनको स्कोरकार्डमा पाँच सय रन सम्म भर्न सकिनेछ । यसअघि यस्तो स्कोरकार्डमा ४०० रन मात्र भर्न सकिन्थ्यो ।पाकिस्तान र इंग्ल्याण्डबीच जारी एक दिवशीय सिरिजमा बनेको भारी योगफलका कारण यो विश्वकपमा नयाँ डिजाइनको स्कोरकार्ड ल्याउन लागिएको हो । पछिल्लो समय एक दिवशीय खेलमा चार सय रन कट्नु नियमित जस्तै भइसकेको छ । अघिल्लो वर्षमात्र इंग्ल्याण्डले अष्ट्रेलियाविरुद्ध ४८१ रन बनाएको थियो । यो सिरिज पनि उसले पाकिस्तानविरुद्ध ३७३ रन बनाएको थियो । पाकिस्तानले पनि ३६१ रन बनाएको थियो ।यो विश्वकपमा पाँच सय रन बन्न सक्ने अनुमान गरिएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार