जेठ ०१, काठमाण्डौ । हिजो तोलामा एक हजार रुपैयाँले बढेको सुनको भाउ आज भने घटेको छ । आज सुन तोलामा ४०० रपैँयाले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६० हजार ६०० रुपैँयामा कारोवार भइरहेको छ । त्यस्तै आज तेजावी सुन प्रतितोला ६० हजार ३०० रुपैँयामा कारोवार भइरहेको छ । आज चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला ७२५ रुपैँयामा कारोबार भइरहेको छ ।यो पनि पढ्नुहोस्…

कामिरिता शेर्पाले २३ औं पटक सगरमाथा चढेर बनाए नयाँ कीर्तिमान !

कामिरिता शेर्पाले २३ औं पटक सगरमाथा आरोहण गरेर नयाँ विश्व कीर्तिमान बनाउनुभएको छ ।उहाँ बुधबार बिहान ७ बजेर ५० मिनेटमा सगरमाथाको चुचुरोमा २३ औँ पटक पुग्न सफल हुनुभएको हो । सोलुखुम्बुको थामे गाउँमा जन्मिनुभएका कामिरिताले आफ्नै नाममा रहेको सर्वाधिक पटक विश्वको सर्वोच्च शिखर आरोहण गर्ने कीर्तिमान सुधार गर्नुभएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार