बैशाख ३१, काठमाण्डौ । सुनको भाउ मंगलबार तोलामा एक हजार रुपैयाँ बढेको छ । सुन मंगलबार तोलाको ६१ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार स्थिर रहँदै तोलाको ६० हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार तोलामा एक हजार रुपैयाँ बढेको हो । भारतीय रुपैयाँ कमजोर भएको तथा चीनले अमेरिकी सामानमा कर बढाएपछि अन्तर्राष्ट्रिय बजारमा नै सुनको भाउ बढेको महासंघले जनाएको छ ।
यसकै प्रभावले नेपाली बजारमा सुन महंगिएको हो । यस्तै चाँदी मंगलबार तोलामा ५ रुपैयाँ बढेर तोलाको ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

यो पनि पढ्नुहोस …अमेजनले कर्मचारीलाई दियो अफर– जागिर छोडेर व्यापार सुरु गर, पैसा कम्पनीले दिनेछ
संसारको सबैभन्दा ठूलो इकमर्स कम्पनी अमेजन सामानको वितरण तीब्र गर्न चाहन्छन् । यसका ‘प्राइम’ सदस्यले सामान अर्डर गरेको दुई दिनभित्र सामान पाउँछन् । अब अमेजन यसलाई एक दिनमा झार्न चाहन्छ । यसका लागि उसले आफ्ना कर्मचारीलाई एउटा अफर दिएको छ – जागिर छोड्नुहोस् र डेलिभरी बिजनेस सुरु गर्नुहोस् । कम्पनी खोल्न र व्यापार सुरु गर्नका लागि अमेजनले ११ लाख बढी रुपैयाँ दिनेछ । जसले यस्तो गर्नेछन् उनीहरुलाई तीन महिनाको तलब पनि दिइनेछ ।

अहिले अमेजन धेरैजसो डेलिरभरी पोस्ट अफिस वा कुरियरमार्फत् गर्दै आएको छ । अब उनीहरु डेलिभरी बिजनेसमा पनि आफ्नो नियन्त्रण चाहन्छ त्यसकारण यस्तो सुविधासहित आएको हो । अमेजनको यो अफर पार्टटाइम र फुलटाइम दुबै कर्मचारीको लागि हो ।अमेजनले गत वर्ष यस्तै योजना सुरु गरेको थियो । त्यसमा सेनाबाट अवकाशप्राप्तलाई व्यापार सुरु गर्नका लागि कम्पनीले १० हजार अमेरिकी डलर दिन्थ्यो । उक्त स्मिकपछि दुई सयले डेलिभरी व्यापार सुरु गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार