वैशाख ३१,विराटनगर । वैशाख ७ गते शनिबार मृत अवस्थामा फेला परेकी रिना बस्नेत मृत्यु प्रकरणको फरेन्सिक तथा पोष्टमार्टम रिर्पोट नेगेटिभ भेटिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङगका प्रहरी उपरीक्षक मनोज केसीले रिना बस्नेत हत्याको घटनाबारे प्रहरी अन्तिम चरणमा पुगेको बताएका छन् । फरेन्सिक र पोष्टमार्टम रिपोर्ट नेगेटिभ भेटिए पनि प्राविधिक पक्षको अनुसन्धान भने जारी रहेको एसपी केसीले बताएका छन । पोष्टमार्टम रिपोर्टका अनुसार माथिबाट खस्दा बस्नेतको टाउको र छातीभित्र गहिरो चोट भेटिएको छ । उनको पेटमा रक्सीको मात्रा पनि धेरै भेटिएको छ । एसपी केसीका अनुसार यसबीच शंकास्पद तीन जनामाथि गरिएको पोलीग्राफी परीक्षणको पनि नेगेटिभ आएको छ । पोलीग्राफीमा समेत तीनजनाले भनेका कुरा सही भएको बताइएको छ । पोलीग्राफीका क्रममा हाल प्रहरी मातहत रहेका कमल नेपाल, मनिता नेपाल, र मृतक बस्नेत बसेको घरमा बस्दै आएका मदन गुरागाइँमाथि पोलीग्राफी परीक्षण गरिएको थियो । कमल नेपाल सुन्दरहरैंचा ३ का व्‍यापारी भएको बताइएको छ । मनिता उनकै श्रीमती हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार