वैशाख ३०, पाँचथर । आइतबार साँझ पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका ४, पञ्चमीमा शीतल योङहाङको घाँटी रेटी हत्या भएको थियो । शीतलको हत्या उनकै प्रेमीले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले दुई जना मिलेर शीतलको हत्या गरेको बताउनुभएको छ । उहाँले हत्यामा संलग्न एकजना पक्राउ परेको तर अर्का एकजना फरार रहेको बताउनुभयो ।

प्रहरीले घटनामा संलग्न भएका फाल्गुनन्द गाउपालिका २ पात्लेभञ्ज्याङका अन्दाजी २० वर्षीय युवक भगिरथ बाँस्तोलालाई सोमबार दिउँसो फिदिम नगरपालिका २ बाटपक्राउ गरेको छ । पक्राउ परेका बाँस्तोलाले आफू र शीतलको प्रेमीले उनको हत्या गरेको स्वीकार गरेका छन् ।घटनामा संलग्न भएका अन्दाजी २० वर्षीय पदम तामाङ फरार रहेकोले उनको खोजी कार्य भैरहेको प्रहरीले जानकारी दियो । फरार रहेका तामाङकै योजनामा शीतलको हत्या गरिएको पक्राउ परेका बाँस्तोलाले प्रहरीसमक्ष बयान दिएका छन् । फरार रहेका तामाङ र शीतलबीच विगत एक वर्षदेखि प्रेम सम्बन्ध रहेको र एक महिना यता प्रेम सम्बन्धमा खटपट आएको अनुसन्धानमा खुलेको छ ।

तामाङ र शीतलबीचको प्रेम सम्बन्धमा खटपट आएपछि तामाङको साथ लागेर आफू पनि शीतलको हत्या गर्ने उदेश्यले शीतलको गाउँ गएको पक्राउ परेका बाँस्तोलाले बयान दिएका छन् । उनीहरुले बोलाएको ठाउँमा शीतल आएपछि तामाङले शीतललाई बलात्कार गर्न खोजेको र उनी नमानेपछि पक्रेर घाँटी रेटेर मारेको बाँस्तोलाले प्रहरीमा बयान दिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार