वैशाख २९, काठमाडौं । हिजो स्थिर रहेको सुनको भाउ आज आइतबार पनि स्थिर नै रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६० हजार रुपैँयामा कारोवार भइरहेको छ । त्यस्तै आज तेजावी सुन प्रतितोला ५९ हजार ७०० रुपैँयामा कारोवार भइरहेको छ । आज चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला ७२० रुपैँयामा कारोबार भइरहेको छ ।यो पनि पढ्नुहोस्..

दैलेखको बालुवाटारमा ५.१ रेक्टर स्केलको भूकम्प, केही घरमा सामान्य क्षति:

राष्ट्रिय आपतकालीन तथा कार्यसञ्चालन केन्द्रले गएराति दैलेखको नौमुले-४ बालुवाटारमा भूकम्प गएको जानकारी दिएको छ ।केन्द्रका अनुसार गएराति १२ बजेर ३६ मिनेट जाँदा दैलेख नौमुले ४ बालुवाटारलाई केन्द्रबिन्दु बनाएर ५.१ रेक्टर स्केलको भूकम्प गएको हो ।भूकम्पका कारण ४-५ वटा घरमा सामान्य क्षति पुर्‍याएको केन्द्रले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार