काठमाडौँ, २८ बैशाख । शनिबारदेखि तीन दिन (सोमबार)सम्म देशभर मेघ गर्जन, हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।शनिबार बिहान महाशाखाद्वारा प्रकाशित बुटेलिनअनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्यसम्म मौसम बदली भई केही स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षा हुने सम्भावना देखिएको छ।महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार यो स्थानीय र पश्चिमी वायुको प्रभाव हो। भोलि आइतबारदेखि यो अझ सक्रिय हुने उनको अनुमान छ।

यस्तो छ महाशाखाद्वारा प्रकाशित बुलेटिन जारी मिति : वैशाख २८ गते (शनिबार) बिहान ६:०० बजे -वैशाख २८ गते (शनिबार) दिउँसो: देशभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना छ। राति: देशभरि आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

वैशाख २९ गते (आइतबार) दिउँसो: देशभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना छ। राति- देशभरि आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना छ। वैशाख ३० गते (सोमबार) दिउँसो- देशभरि आंशिक देखि सामान्य बदली रही पश्चिमका थोरै स्थानमा र मध्य र पूर्वका धेरै स्थानमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना छ। राति- देशभरि आंशिकदेखि सामान्य बदली रही पश्चिमका थोरै स्थानमा र मध्य र पूर्वका धेरै स्थानमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार