वैशाख २७, काठमाडौं । हिजो स्थिर रहेको सुनको भाउ आज भने बढेको छ । आज सुन तोलामा नै ३०० रुपैँयाले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६० हजार रुपैँयामा कारोवार भइरहेको छ । त्यस्तै आज तेजावी सुन प्रतितोला ५९ हजार ७०० रुपैँयामा कारोवार भइरहेको छ । आज चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला ७२० रुपैँयामा कारोबार भइरहेको छ ।

यो पनि पढ्नुहोस्…अनुष्का श्रेष्ठ बनिन् ‘मिस नेपाल २०१९’

‘मिस नेपाल २०१९’ को उपाधि अनुष्का श्रेष्ठले जितेकी छन् । कीर्तिपुरस्थित ल्याब्रोटरी स्कुल प्रांगणमा बिहीबार भएको फाइनलमा २४ सुन्दरीलाई उछिन्दै अनुष्काले मिस नेपालको ताज पहिरिएकी हुन् ।प्रमुख निर्णायक इला शर्माले अन्तिम सातमा पुगेका प्रतियोगीलाई अधिकार र स्वतन्त्रताको माग गर्नुअघि काम र जिम्मेवारी पूरा गरेमा हामी संसारलाई अझै राम्रो बनाउन सक्छौं । तपाईं के सोच्नुहुन्छ ? भन्ने प्रश्न सोधेकी थिइन् ।अनुष्काले अधिकार र कर्तव्य एक सिक्काका दुई पाटा भएको बताउँदै नागरिक, व्यक्ति, साथी र जीवनसाथीले आफ्नो जिम्मेवारीको महसुस गरेमा मात्र अधिकारको भागीदार हुने जबाफ दिएकी थिइन् ।

अनुष्कालाई मिस नेपाल २०१८ की शृंखला खतिवडाले ताज पहिराएकी थिइन् । अनुष्काले अब मिस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।प्रदीप्ता अधिकारी मिस नेपाल युनिभर्स र रिया बस्नेत मिस नेपाल अर्थ बनिन् । यस्तै मीरा कक्षपतिले मिस नेपाल इन्टरनेसनल र रोज लामाले सुपर न्यासनलको उपाधि जितेका छन् । २५ प्रतिस्पर्धीमध्ये १५ हुँदै अन्तिममा ७ जना छानिएका थिए । हिडन ट्रेजरले आयोजना गरेको मिस नेपाल प्रतियोगिताको यो २५ औं संस्करण हो ।उत्कृष्ट सातमा अनुष्का श्रेष्ठ, रक्षा उप्रेती, रोज लामा, प्रदीप्ता अधिकारी, सोफिया भुजेल, रिया बस्नेत र मीरा कक्षपति पुगेका थिए ।

कुन विधामा कसले जिते उपाधि ?: मिस नेपाल वर्ल्ड– अनुष्का श्रेष्ठ, मिस नेपाल युनिभर्स– प्रदिप्ता अधिकारी, मिस नेपाल सुपर नेशनल– रोज लामा, मिस नेपाल अर्थ– रीया बस्नेत, मिस नेपाल इन्टरनेशनल– मीरा कक्षपति, ब्युटी विथ पर्पस– निकिता कर्माचार्य, मिस कन्फिडेन्स– निशा पाठक, पपुलर च्वाइस– रीया बस्नेत, मिस फ्यासिनो– अनुष्का श्रेष्ठ, मिस बेस्ट एथ्लेट्स– प्रदिप्ता अधिकारी

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार