वैशाख २७,काठमाडौं   । पेट्रोल छर्केर श्रीमतीलाई जलाई हत्या गरेको आरोपमा धनुषा सहिद नगरपालिका–चिरैयाटोलका मुकेश गोइतलाई प्रहरीले पक्रेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । मुकेशकी भाउजू श्यामादेवी यादव पनि पक्राउ परेकी छन् । ५ वैशाखमा २४ वर्षीय मुकेशले १९ वर्षीया श्रीमती निर्मलादेवीलाई जलाएको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।

मुकेशले भाउजू श्यामादेवीसँग मिलेर निर्मलाको हत्या योजना बनाएको प्रहरीको दाबी छ । जलाइएकी निर्मलाको उपचारका लागि काठमाडौं पु(याएपछि मृत्यु भएको थियो । मृतकका बुबा कामे भुस्कुलियाले इलाका प्रहरी कार्यालय सबैलामा निवेदन दिएपछि प्रहरीले सो घटनाको अनुसन्धान थालेको थियो । घटनापछि फरार रहेका मुकेशलाई सुदुरपश्चिम प्रदेशको कञ्चनपुर गड्डाचौकी प्रहरीले पक्राउ गरी धनुषा प्रहरीको जिम्मा लगाएको थियो । पक्राउ परेका दुवैजनामाथि कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत धनुषाबाट म्याद थप गराई अनुसन्धान भइरहेको उपरीक्षक खनालले बताए । भाउजूसँगको अनैतिक सम्बन्ध टिकाउन मुकेशले श्रीमतीको हत्या गरेको प्रहरीको भनाइ छ । मुकेश र निर्मलाले १० महिनाअघि विवाह गरेका थिए । प्रहरीका अनुसार त्यसको तीन महिनाअघिदेखि नै मुकेश र श्यामाबीच अनैतिक सम्बन्ध रहेको थियो । अनैतिक सम्बन्धको सुइँको निर्मलाले पाएपछि मुकेशसँग उनको झगडा भएको थियो । ५ वैशाखमा मुकेशले श्यामासँग सल्लाह गरी घरमा कोही नभएको वेला श्रीमतीलाई आगो लगाई भागेका थिए घटनास्थलमा पुगेका मुकेशका दाइ नगेन्द्रले निर्मलालाई अस्पताल पु(याएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार