वैशाख २४, काठमाडौं । नेपालमा गत असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म आवेदन खुलाइएको अमेरिकी डाइर्भसिटी भिसा (इडिभि) २०२० को नतिजा आज सार्वजनिक हुँदैछ । इडिभीका बिजेताहरुलाई सन् २०१९ को अक्टोबर १ देखि अमेरिकाको भिसा प्राप्त हुन सुरु हुनेछ । सन् २०२० को सेप्टेम्बरको अन्त्यसम्ममा भिसा प्राप्त गरिसक्नुपर्ने नेपालस्थित अमेरीकी दुतावासले जनाएको छ । अमेरिकी सरकारको इडिभी शाखाले आर्थिक वर्ष २०२० का डिभी विजेताहरुलाई आफ्नो कन्फर्मेसन नम्बर सन् २०२० को सेप्टेम्बरसम्म आफूसँगै राख्न सुझाव दिएको छ ।

तपाईले पनि इडिभि भर्नु भएको भए आफ्नो नतिजा हेर्नको लागि https://www.dvlottery.state.gov/ मा लगइन गरेर हेर्न सक्नुहुन्छ । त्यसको लागि तपाईसँग डिभी भर्दा दिइएको कन्फरमेसन नम्बर चाहिन्छ । तपाईलाई दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार