एजेन्सी । करेला खाँदा अति नै तितो हुने भएतापनि यो हाम्रो स्वास्थ्यको लागि निकै नै लाभदायी हुन्छ । करेलाको सेवनबाट कयौँ रोगबाट छुटकरा पाइन्छ । तिते करेलाका प्रयोग यसरी गर्न सकिन्छ ।

१. टाउको दुखाइ: तपाईलाई टाउको दुख्ने समस्या छ भने करेलाको ताजा पातलाई कुटेर निधारमा लगाउनाले टाउको दुख्ने समस्याबाट आराम मिल्छ ।

२.घाउ ठीक गर्छः शरीरमा भएका घाउमा करेलाको जरालाई कुटेर लगाउनाले घाउ पाक्छ र घाउ चाँडै नै निको हुन्छ । यदि करेलाको जरा पाइएन भने यसको पातलाई पिनेर तताएर पट्टी बाँध्नुहोस् ।

३.पत्थरीको लागि लाभदायीः करेलाको रस पिउनाले पत्थरी भएकाहरुलाई आराम मिल्छ ।

४.मुखको अल्सरको सफाइः करेलाको प्रयोग मुखको अल्सरको लागि उपयुक्त मानिन्छ । करेलाको रसलाई कपासमा डुबाएर घाउ भएको ठाउँमा सफा गर्नुहोस् ।घाउ सफा हुन्छ र चाँडै निको हुन्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार