वैशाख २० नवलपरासी । सरकारले नवलपरासीको धौवादीमा फेला परेको फलाम खानीमा आगामी आथिर्क वर्षबाटै व्यवसायिक उत्पादन थाल्ने भएको छ । सरकारका तर्फबाट संसदमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले पेश गरेको आगामी आवको नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो ।सरकारले आगामी वर्षभित्र नेपालका पेट्रो तथा सुन खानीको अध्ध्यन सुरु गरेर उत्खन्न सुरु गर्ने घोषणा पनि गरेको छ । केही वर्ष अघि नै नवलपरासीको धौवादीको १० किलोमिटर क्षेत्रमा फलाम खानी फेला परिसकेको छ ।

पहिलो चरणमा गरिएको अध्ययनमा त्यहाँ दुई करोड टनको फलाम खानी रहेको पुष्टि भइसकेको छ । नवलपरासीको पूर्वमा धौवादी र पश्चिममा देउराली गाविसको नाम्जाकोट हुँदै दक्षिणमा रुम्से र उत्तरमा नरमको ल्हापेसम्म फलाम खानी छ । वि.सं. ०६८ सालमा कोइलाखानीका लागि आएको खानी तथा भूगर्भ विभागको टोलीले कोइलाखानी अध्ययन गर्न आउँदा फलाम खानी पत्ता लगाएको थियो । त्यसको चार वर्षपछि मात्रै सरकारले यसको औपचारिक अध्ययन अघि बढाएको थियो ।अध्ययनमा त्यहाँको कच्चा पदार्थमा ५८ प्रतिशतसम्म फलाम निकाल्ने तत्व भेटिएको थियो । फलाम खानीका लागि ६० प्रतिशत हेमटाइडवेर उत्तम र ३० देखि ६० प्रतिशत मुनि मध्यमखालको मानिन्छ ।धौवादीको खानीमा च्यानल ग्याप कम रहेको भित्रैसम्म भित्रैसम्म फलाम भेटिएको पुष्टी गतवर्ष नै भएको थियो ।

अहिलेको अध्ययनले भने त्यहाँबाट कतिवर्षसम्म कुन परिमाणमा फलाम उत्खनन् हुनसक्छ भन्ने पत्ता लाग्ने महानिर्देशक घिमिरेले बताए । गतवर्ष धौवादी ३ पोखरीको क्षेत्रलाई केन्द्रविन्दु बनाएर अध्ययन गरिएको थियो । उक्त क्षेत्र पूर्व-पश्चिम राजमार्गको कावासोती नगरपालिका–१६, डण्डा र मध्यविन्दु नगरपालिका चोरमाराबाट १३ किलोमिटर उत्तरतर्फ पर्छ । यो खानीको ६ वटा ब्लकमा २ सयवटा सेक्सन विभाजन गरेर अध्ययन भएको छ । स्थानीयले खानी उत्खनन तत्काल थाल्न माग गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार