बैशाख २०,काठमाडौँ । सगरमाथा आरोहण गर्न गएकाहरु बसेको २० वटा टेन्ट हावाले उडाएको छ । आधार शिविर २ र ३ मा रहेका करिब २० टेन्ट हावाले उडाएको हो । भारतमा आएको फानी चक्रवातको असर नेपालका विभिन्न भूभागमा देखिएको छ। सगरमाथामा पनि त्यसैको असरस्वरुप पनि हावाहुरी चलेको र त्यसले त्यहाँ लगाइएका टेन्ट उडाएको बताइएको छ। पर्यटन विभागका अनुसार हावाले टेन्ट उडाएपनि सगरमाथा आरोहणमा गएका आरोहीको अवस्था सामान्य रहेको जनाएको छ।

विभागले आधार शिविर २ र ३ मा रहेका करिब २० टेन्ट हावाले उडाएको खबर आएको जनाउँदै कुनै मानवीय क्षति भने नभएको स्पष्ट परोको छ । मौसमको अवस्था प्रतिकूल भए पनि आरोहीलाई आधार शिविरसम्म झार्ने काम भने अझै सुरु नभएको बताएको छ। हावाहुरी निरन्तररुपमा आएका कारण टेन्टमा रहेका आरोहीहरु बााहिर आउन सक्ने अवस्थामा नरहेको बताइएको छ।

पर्यटन विभागका निर्देशक मिरा आर्चायका अनुसार सगरमाथा आरोहणका लागि मात्रै करिब १ हजारभन्दा बढी आरोही तथा गाइडहरु आधार शिविरमा रहेका छन्।त्यस्तै, आधार शिविर २ र ३ मा कति आरोही छन् भन्ने यकिन तथ्यांक विभागसँग छैन। मौसम खरावी भएसँगै कति आरोहीहरु आधार शिविरमा झरिसकेका छन् भने कति झर्ने क्रममा रहेको पर्यटन विभागले जनाएको छ। सगरमाथासहित खुल्ला गरिएको अन्य हिमाल आरोहणमा गएका पर्यटकहरु सामान्य अवस्थामा नै रहेको छन्। उनीहरुलाई समेत सचेत रहन पर्यटन विभागले आग्रह गरेको छ।हिमाल आरोहण तथा पदयात्रा व्यवस्थानको जिम्मा पाएको नेपाल पर्यटन बोर्डले आरोहणमा जाने पर्यटकलाई मौसमको ख्याल राख्न अनुरोध गरेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार