बैशाख २०, काठमाडौं । हावाहुरीसहित भारी वर्षा भएपछि भक्तपुरको जनजीवन प्रभावित बनेको छ । फानीकै प्रभावका कारण भक्तपुरसहित देशको अधिकांश भागमा बिहानैदेखि हावाहुरीसँगै वर्षा भएको छ । भक्तपुरको सल्लाघारी आसपासका सडकहरु जलमग्न भएपछि सवारी आवगमनमा समेत वर्षाले असर गरेको छ । मौसमविदहरुले बङगालको खाडीमा बनेको चक्रवात ‘फानी’को प्रभाव नेपालमा पनि देखिन थालेको जनाएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार