बैशाख २०, नवलपरासी । हावाहुरीसहित भारी वर्षा भएपछि नवलपुरका अधिकांस विद्यालय आज बन्द भएका छन् । सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै आज एक दिनका लागि विद्यालय बन्द गरिएको हो । जिल्ला शिक्षा समन्वय तथा इकाई नवलपुरका प्रमुख कृष्ण चन्द्र पोखरेलले प्रचलित कानुन अनुसार बिदा दिन नमिल्ने भएपनि हुरीबतासका कारण हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै विद्यालय व्यबस्थापन समितिको निर्णय अनुसार आकस्मिक बन्द गर्न सकिने भएकाले नवलपुरका अधिकांस विद्यालय आज बन्द भएको बताउनुभयो

कावासोती नगरपालिकाका सबै विद्यालय भने आज बन्द भएका छन् । ठूलो हावाहुरी र वर्षाले विद्यालय सन्चालन गर्न असहज हुने अवस्था देखिएको भन्दै स्थानीय विदाबाट कट्टी हुनेगरी नगरपालिकाका विद्यालय सन्चालन नहुने कावासोती नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । यस्तै, प्याब्सन कावासोतीका सचिव समेत रहनु भएका लुम्बिनी बोर्डिङ्ग स्कुल कावासोतीका सहायक प्रिन्सिपल त्रिभुवन तिवारीले जिल्ला शिक्षा तथा समन्वय इकाई नवलपुरले हुरी बतासको सम्भावना रहेको भनी सुचना गरेकाले आज विद्यालय बन्द गरिएको बताउनुभयो ।

तिवारीले समाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ–‘जिल्ला शिक्षा समन्वय समितिबाट प्राप्त सूचना अनुसार हुरीबतासको सम्भावना भएको हुँदा आज आकस्मिक रूपमा विद्यालय बन्द रहने जानकारी गराइन्छ ।’ यस्तै गैंडाकोट, देवचुली, मध्यविन्दु नगरपालिकाका लगायत सबैजसो पालिकामा पनि विद्यालय बन्द गरिएको सम्बन्धित पालिकाका शिक्षा शाखाहरुले जनाएका छन् । कावासोतीमा आज विहानैदेखि हावाहुरीसँगै पानी परिरहेको छ । मौसम पूर्वानुमान शाखाका अनुसार कावासोती आसपास क्षेत्रमा बेलाबेलामा ११ किलोमिटर प्रतिघण्टाको दरले हावाहुरी समेत चलेको छ । हुरीबतासको ठुलो सम्भावना रहेकाले सतर्क रहन आग्रह गरिएको छ । कावासोतीमा आज बेलुकासम्मै पानी पर्ने सम्भावना रहेको र भोलीदेखी भने मौसम सफा हुँदै जाने बताईएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार