बैशाख १८, नवलपरासी । आज नवलपुरको विनयी त्रिवेणी गाँउपालिकाको दाउन्नेमा भारतीय यात्रुबाहक बसमा आगलागी भएको छ । काठमाडौबाट भारततर्फ जादै गरेको यु पि ६५ डि टी ०००१ नम्बरको भारतिय यात्रुबाहक बसमा आगलागी भएको हो । इन्जिन तातेकाले रोकेर राखेको बसमा एक्कासी आगलागी भएको दाउन्ने प्रहरी चौकीले जनाएको छ । बसमा सवार यात्रुहरुको सामान जलेर नष्ट भएको र मानबिय क्षती नभएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार