बैशाख १७, काठमाडौं । आजको लागि नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर यसप्रकार रहेको छ । आजका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ ७२ पैसा र बिक्रीदर ११२ रुपैयाँ ३२ पैसा तोकेको छ । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ७९ पैसा र बिक्रीदर २९ रुपैयाँ ९५ पैसा छ ।

आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ६९ पैसा र बिक्रीदर ३० रुपैयाँ ८५ पैसा तोकिएको छ । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ४२ पैसा र बिक्रीदर ३० रुपैयाँ ५८ पैसा छ । मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ०३ पैसा र बिक्रीदर २७ रुपैयाँ १७ पैसा छ । कुवेती दिनारको १ को खरिददर ३६६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ९४ पैसा तोकिएको छ । बहराइन दिनार १ को खरिददर २९६ रुपैयाँ ३९ पैसा र बिक्रीदर २९७ रुपैयाँ ९८ पैसा छ । यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९ रुपैयाँ ६८ पैसा रहेको छ ।

यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ७८ रुपैँया ७७ पैसा र बिक्रिदर ७९ रुपैँया १९ पैसा रहेको छ । जापानिज एन १० को खरिददर १० रुपैँया र बिक्रिदर १० रुपैँया ०५ पैसा रहेको छ ।अन्य देशको विनिमयदर तल हेर्नुहोस्….

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार