बैशाख १५, काठमाडौं । बेलायती गोर्खा सैनिकमा भर्ना खुल्ला गरिएको छ । ब्रिटिश सेनामा भर्ना हुनेको लागि कुनै शुल्क नलाग्ने र कसैले प्रलोभनमा पारेर रकम मागेमा नदिन पनि सूचनामा उल्लेख गरिएको छ ।

बेलायती गोर्खा सैनिकमा ४३२ जना नेपाली युवाको लागि भर्ना खुला गरिएको हो ।आइतवार प्रकाशित एक सूचना अनुसार भर्तिको लागि दर्ता ब्रिटिश गोर्खा पोखरा र ब्रिटिश गोर्खा धरानमा आगामी २७ मे देखि जुलाई ७ सम्म एकसाथ आवेदन खुला गरिएको छ ।

यो पनि पढ्नुहोस्…चट्याङले लागेर एक वृद्धको मृत्यु !
राजविराज – हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर सप्तरी बोदेबर्साइनको सोनापुरमा आज एक वृद्धको मृत्यु भएको छ ।बोदेबर्साइनका नगरपालिका–८ सोनापुर बस्ने अन्दाजी ६० वर्षीयको मोहन साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।आफ्नै खेतमा काम गरिरहेका बेला हावाहुरी र वर्षासँगै परेको चट्याङ लागि उनको मृत्यु भएको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार