काठमाडौँ,१४ बैशाख। खुलामञ्च अतिक्रमणका विषयमा काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य एक्सनमा उत्रिएका छन् । सम्झौताविपरित खुलामञ्चमा भौतिक संरचानहरु बनाएपछि मेयर शाक्य एक्सनमा उत्रिएका हुन् । मेयर शाक्यको निर्देशनमा महानगरपालिकाले खुलामञ्चमा बनाइएका सटर भत्काउन सुरु गरेको छ । खुला मञ्चमा सटर बनाएपछि महानगरपालिकाले शनिबार डोजर लगाएर भत्काउन सुरु गरेको हो । काठमाडौं महानरपालिकाका कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटा नेतृत्वको नगरप्रहरीसहितको टोलीले सटर भत्काउन सुरु गरेको महानगरले जनाएको छ ।खुला मञ्चमा ५१ वटा सटर निर्माण गरिएको थियो । खुलामञ्च अतिक्रमणका विषयमा मेयर शाक्यले उपमेयर हरिप्रभा खड्गीलाई अनुगमन गरि प्रतिवेदन पेश गर्न निर्देशन दिएका थिए ।शुक्रबार मात्रै शाक्यले उपमेयर खड्गीले प्रतिवेदन बुझाउन ढिला गरे तत्काल डोजर लगाएर सटर भत्काउने बताएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार