वैशाख १४, काठमाडौं । थाईल्यान्डमा जारी एसीसी यू१६ इस्टन रिजन क्रिकेट प्रतियोगितामा हङकङलाई हराउँदै नेपाल फाईनलमा प्रवेश गरेको छ । हङकङले दिएको ८७ रनको सामान्य लक्ष्य नेपालले २१.४ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्‍यो । नेपालका लागि अयस भट्टराईले १७, रोहन विकेले १४, क्रिस कार्कीले अविजित १२, दीपक बोहराले ११, सुवास ऐयरले १० बनाएर आउट भए । कप्तान विशाल विक्रम केसीले ७ रन मात्र बनाउन सके भने निखिल कुमार सिंहले अविजित ४ रन बनाए ।

हङकङका व्रिज नरेनले ३, अहन त्रिवेदीले २ विकेट लिए भने रौनक कपुरले एक विकेट लिए ।यसअघि थाईल्यान्डको प्रेम इन्टरनेशनल स्कुलमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हङकङ ३२।२ ओभरमा ८६ रनमै अलआउट हुन पुग्यो । उसका लागि मिडिल अडरका आरुष भागवतले नेपाली बलरको डटेर सामना गर्दै ४३ रनमा अविजित रहे । हङकङलाई सम्मानजक लक्ष्य सम्म पुर्‍याउन उनले ८३ बलमा ४ चौका प्रहार गरे । नेपाली बलरको कसिलो बलिङ सामु हङकङका १० ब्याट्सम्यानले दोहोरो अंकमा रन छुन नसक्दा ४ ब्याट्सम्यान डक आउट हुन पुगे ।

ओपनर जगराज सिंहलाई विशाल कुमार पटेलले शून्यमा एलपी डब्लू आउट गरे । विशाललेनै तेस्रो ओभरको तेस्रो बलमा अर्का ओपनर लुकास ग्रेबियल डेललाई १ रनमा एलपी डब्लू आउट गर्दै दवावमा राखे । बृज नारायण ८,मोहम्मद एलियान जाहिर शून्य र रौनक कपुर ४ रनमा आउट भएपछि हङकङ संकटमा परेको थियो । हङकङको विकेट निरन्तर गुमि रह्यो । अहान कन्हाई त्रिवेदी ५,वाहिद मोहम्मद शून्यमा आउट भए । अन्य कुनै पनि ब्याट्सम्यानले क्रिजमा टिकेर दोहोरो अंकमा रन जोड्न सकेनन् । हङकङलाई सस्तैमा रोक्न नेपालका निखिल कुमार सिंह ६.२ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए । रमेश कुर्मी र बिशाल कुमार पटेलले समान २ विकेट हात पारे । त्यस्तै तिलक राज भण्डारीको नाममा १ विकेट रह्यो ।नेपालले समुह चरणमा मलेसिया र म्यानमारलाई पराजित गर्दा वर्षाको कारण थाईल्यान्डसँग अंक बाडेको थियो । अर्को सेमिफाईनल खेलमा मलेसिया र सिंगापुरबीचको प्रतिस्प्रर्धा जारी छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार