बैशाख १४, कपिलवस्तु । काठमाण्डौबाट धनगढी जाँदै गरेको ना ७ ख ५१८७ नम्बरको बस पूर्व–पश्चिम राजमार्गअन्तर्गत वाणगंगा नगरपालिकाको चप्परगाँंउमा दुर्घटना भएको छ । दुर्घटर्नामा परि बसमा सवार १४ यात्रु घाइते भएको प्रहरीले जनाएको छन । घाइते सबैको स्थानीय सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।बसको गियर बक्स बिग्रेका कारण बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ । बस अनियन्त्रित भई ५० फिट दक्षिण सडक किनारमा पल्टेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार