बैशाख १४, काठमाडौ ।चर्चित क्रिकेटर एलेक्स हेल्स प्रतिबन्धमा परेका छन् । इंग्ल्याण्ड टिमका ब्याट्सम्यान उनी प्रतिबन्धित औषधि प्रयोग गरेको पाइएपछि तीन साताको लागि प्रतिबन्धमा परेका हुन् । हालै विश्वकपका लागि घोषणा भएको इंग्ल्याण्डको टिममा हल्सको नाम पछि समावेश थियो । तर ड्रग टेष्टमा उनी पोजेटिभ पाइएपछि उनलाई २१ दिनका लागि प्रतिबन्धमा परेका हुन् ।विश्वकपका लागि इंग्ल्याण्डको टिम छनोटकर्तालाई उनी प्रतिबन्धित औषधि प्रयोगमा सकारात्मक पाइएको थाहा नभएकाले उनलाई टिममा राखेको बताइएको छ । उनीमाथि फेरि २१ दिनपछि दोस्रो चरणको टेष्ट हुनेछ । पहिलो चरणको परीक्षणमा उनी फेल भएपछि उनले खेल्दै आएको नोटिङह्यामसायर रोयल लण्डन क्लबको क्याम्पबाट व्यक्तिगत कारण देखाउँदै नाम फिर्ता लिएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार