काठमाडौँ, १३ बैशाख । नेपालका विनोद चौधरीको श्रीलंकामा रहेको पाँचतारे होटल ताज समुन्द्र आत्मघाती बम बिस्फोटबाट मुस्किलले जोगिएको तथ्य बाहिर आएको छ । आइतबार अन्तर्राष्ट्रिय आतकंकारी संस्था इस्लामिक इस्टेट (आइएस)ले राजधानी कोलम्बोमा गरेको श्रृंखलाबद्ध आत्मघाती बम हमलाबाट चौधरीको होटल जोगिएको हो ।आइएसका एक आत्मघाती आक्रमणकारी बिस्फोटक सामाग्री झोलाभरी बोकेर होटलमा पुगेको श्रीलंकाका अधिकारीहरुलाई उदृत गर्दै न्यूयोर्क टाइम्सले जनाएको छ । ती आक्रमणकारीले दुई पटक बम पड्काउन खोजेको तर, प्राविधिक समस्याले नपड्किएको प्रहरीले जनाएको छ । त्यसपछि समुन्द्र किनारमा रहेको पाँच तारे होटलबाट निस्किएर आक्रमणकारी नजिकैको एउटा सानो होटेलमा पसेका थिए । त्यहीँ बम बिस्फोट भएर उनको मृत्यु भएको थियो ।

सानो होटलमा पसेर प्राविधिक समस्या सुल्झाउन खोज्दाखोज्दै बम पड्केको अनुमान प्रहरीले गरेको छ । ताज समुन्द्रमा बम पडकेको भए श्रीलंका आक्रमणमा मर्नेको संख्या अझ धेरै बढ्न सक्ने श्रीलंकन प्रहरीले जनाएको छ । समुन्द्री तटमा रहेको कोलम्वोको प्रख्यात ‘ताज समुन्द्र’ प्रायजसो विदेशी पाउनहरुले भरिभराउ हुने गर्छ । ताज समुन्द्र’ भारतको प्रसिद्ध ‘ताज समुह’ सँगको साझेदारीमा विदेशमा चौधरीले खोलेको पहिलो पाँचतारे होटल हो ।यसअघि आक्रमणमा ३ सय ५९ जना मानिसको मृत्यु भएको भनिएपनि सरकारले पहिले भनिए भन्दा झण्डै १०० जना कम भएको जनाएको छ । श्रीलंकाको स्वास्थ्य मन्त्रालयले बम आक्रमणमा मर्नेको संख्या २५३ जना मात्र रहेको जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार