एजेन्सी । आजकल मानिसको खानपान, अल्छिपना र स्वास्थ्यप्रतिको लापरवाहिको कारणले पेट बढ्नु स्वभाविक भइसकेको छ । महिला होस् या पुरुष प्रायः  धेरैलाई  पेटको वरिपरिको बोसोले  तनाव दिएको छ । घटाउने मन हुँदा हुँदै पनि परिस्थिति र समय नमिलेर धेरैलाई समस्या परिरहेको छ । यो बोसो घटाउनका लागि यस्तो चिज जरुरी छ, जसले बढी भन्दा बढी क्यालोरी बर्न गरोस् । यहाँ यस्ता केही सजिला तरिकाहरु  छन् जसले तपाईको पेट घटाउन सहयोग गर्छ । तल पढ्नुहोस्ः

काँक्रो: बेलुकाको खाना खानुभन्दा पहिले काँक्रोको जुस वा सलाद खानुहोस् । यो पेटका लागि धेरै लाभदायी छ । यो सेवनका कारण धेरै खाना खानबाट जोगिन सकिन्छ नै, यसले पेटको झाडुको काम पनि गर्छ । जसले गर्दा बिस्तारै बोसो कम हुन्छ ।

धनियाँको जुस: यसमा क्यालोरी निकै कम पाइनछ भने एन्टीअक्सिडेन्टको मात्रा धेरै हुन्छ । यसको प्रयोगबाट अरु कुनै समस्या आउँदैन । यसले किड्नी ठिक राख्न समेत सघाउँछ ।

एलोभेरा जुस: एलोभेरा जुस धेरै बिरामका लागि उपयोगी ठानिन्छ । दिनमा एक कप यसको जुस पिउँदा पेटको बोसो कम हुन्छ । यसले कोलेस्ट्रोलको समस्या पनि घटाउँछ ।

ग्रिन टी: ग्रिन टीमा एन्टिएक्सिडेन्ट्स हुन्छ । पेटको बोसो घटाउन भने विना चिनीको ग्रिन टी पिउँदा फाइदा हुन्छ । यसले शरीरमा रहेका विषाक्त पदार्थ बाहिर निकाल्न पनि सघाउँछ । त्यसैगरी कागती मिसाएर खाँदा टक्सिनबाट पनि छुट्कारा मिल्छ ।

अदुवाको रस: प्रतिदिन एक चम्चा अदुवाको रस पेट कम गर्नका लागि धेरै सहयोगी हुन सक्छ । यसले शरीरको बोसो समेत बर्न गर्न सघाउँछ ।

खानपानमा सन्तुलनसँगै नियमित व्यायाम पनि शरिरलाई फिट बनाउनको लागि सबैभन्दा उत्तम उपाय हुन् । त्यसैले यी खानेकुरासहित नियमित व्यायाममा समेत गर्नुहोला जसले तपाईको पेट घटाउन निकै सहयोग गर्छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार