कावासोती, ११ बैशाख । नीजि क्षेत्रको सबैभन्दा ठूलो टेलिकम सेवा प्रदायक कम्पनी एनसेल एक्जियटाले राज्यलाई तिर्नुपर्ने कर नतिरेको भन्दै नवलपुरका युवाहरुले एनसेलको सिम जलाएका छन् । सदरमुकाम कावासोतीस्थित फलफूलचोकमा सिम जलाउँदै नवलपुरका सामाजिक अभियन्ताहरुले राज्यलाई तिर्नुपर्ने कर नतिरेको भन्दै आजदेखि एनसेलको सिम प्रयोग नगर्ने घोषणा समेत गरेका छन् ।

सामाजिक अभियन्ता किरण भुर्तेलको संयोजकत्वमा उपस्थित युवाहरुले फलफूलचोकमा एनसेलका सिम, एनसेल सिम खरिद गर्दा लिइने फारम लगायतका एनसेलसँग सम्बन्धित कागजपत्र जलाउँदै आजदेखि एनसेलको सिम प्रयोग नगर्ने उद्घोष गरेका हुन् ।सरकारलाई ४० अर्ब भन्दा बढी राजश्व नबुझाएर छलकपट गर्न थालेको भन्दै अन्य ठाउँमा पनि अभियान चलाइएको छ । पुँजीगत लाभकर बापतको शुल्क तिराउन सक्रिय अधिवक्ता तथा एनसेलको विपक्षमा बहस गर्दै आएका अधिवक्ता सुरेन्द्र भण्डारीले पनि एनसेलबिरुद्द अभियान नै चलाएका छन् ।यससअघि नेत्रविक्रम चन्द विप्लव समूहले पनि एनसेल माथि पटक पटक आक्रमण गर्दै आएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार