बैशाख १०, नवलपरासी । नेत्र विक्रम चन्द विप्लब नेतृत्वको नेकपा नवलपुरका जिल्ला सदस्यहरु पारसमणि गौतम र दिपक कुमार घर्तिले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनिहरुले प्रमुख जिल्ला अधिकारी दिपक राज नेपाललाई पत्र लेख्दै आत्मसमर्पण गरेको जानकारी दिएका हुन् ।विप्लप समूह परित्याग गरी स्वतन्त्र रुपमा आफ्नो पेशा र व्यवसायमा लाग्ने उनिहरुले प्रतिबद्धता जनाएका छन् । पहिल्लो समय सरकारले विप्लब नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएसँगै नवलपुर प्रहरीले विप्लब नेतृत्वका नेता तथा कार्यकर्तालाइ नियन्त्रणमा लिएको थियो । उनिहरु हिजो मात्रै जनही ५ हजार रुपैया धरौटी बुझाएर रिहा भएका थिए । उनिहरुलाई सत्तारुढ नेकपा नवलपुरले जिम्मा लिएको प्रमुख जिल्ला अधिकारी नेपालले जानकारी दिनुभयो । यसअघि वैशाख ८ गते नवलपुर जिल्ला सदस्य रहेका धन बहादुर मर्दनियाले पनि पार्टी परित्याग गरेको घोषणा गरेका थिए

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार