वैशाख ८, नवलपुर । मुलुकमा सुशासन र विकासको मार्ग अघि बढेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनुभएको छ । नमुना नवलपुर सदरमुकामको शिलन्यास कार्यक्रमलाई हिजो सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शुसासन र सम्वृद्वीतर्फ देश अघि बढेको बताउनुभएको हो । उहाँले नवलपुर सम्भावनाको खानी भएको भन्दै उहाँले देशकै सबैभन्दा ठुलो फलामखानी नवलपुरमै रहेकाले यसलाई छिटो भन्दा छिटो सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य तिलक महतले नवलपुरमा छिटैनै ५ हजार मान्छे अट्ने सभाहलको निर्माण गरीने बताउनुभयो । उहाँले सदरमुकाम कावासोतीमा एउटै मोडलका नमुना भवनको निर्माण गरी एउटै ब्लकबाट सवै सेवा प्रवाह गरीने समेत बताउनुभयो । यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्रि पृथ्वी सुब्बा गुरुङ्गले ५ बर्षभित्र प्रदेशलाइ पूर्ण साक्षरता प्रदेशको रुपमा घोषणा गर्ने योजना रहेको बताउनुभयो । उहाँले यस कार्यको लागि संघिय सरकारलाइ सहयोगको लागि अनुरोध समेत गर्नुभयो ।

उद्घाटन कार्याक्रममा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङ, संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, भुमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्याल, प्रतिनिधिसभा सदस्य तिलक महत, गण्डकी प्रदेशसभा प्रमुख प्रतिपक्षी दलका नेता कृष्ण चन्द्र नेपालीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार