काठमाडौं, ७ वैशाख । घाटमा जलाउन लागिएकी एक महिलाको शव प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।वीरगन्ज महानगरपालिका २३ प्रसौनीमा २८ वर्षीय अन्जुदेवीको शव घाटबाटै प्रहरीले नियन्त्रणमा लिएको हो । शव जलाउनका लागि मलामीले शवलाई भारत तर्फ लान खोजेको र शव वहानले उता लान नमानेपछि शवलाई त्यहि जलाउन खोजेको भन्ने सूचनाका आधारमा घटना शंकास्पद देखिएकाले शव नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।शव नियन्त्रणमा लिन प्रहरी घाट पुगेपछि मलामीहरुमा भाग दौड मच्चिएको थियो । प्रहरीले मलामी दुई जना कृष्ण दास र उमेश दासलाई नियन्त्रण्मा लिएर अनुुशन्धान अगाडि बढाएको जनाएको छ ।अन्जुको शव पोष्टमार्टमका लागी नारायणी अस्पताल वीरगन्जमा लगिएको प्रहरीले जनाएको छ । अन्जुको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार