बैशाख ७, नवलपरासी । नवलपुरको विनयी त्रिवेणी गाउ“पालिकामा शुक्रवार राती जिपमा झुण्डीएर यात्रा गरिरहेका एक यात्रुको मृत्यु भएको छ । विनयी त्रिवेणी गाँउपालिका-५, पिडारीमा दुम्किबासबाट छुटेको ग १ च ३५३० नम्बरको जिपमा झुण्डीएर यात्रा गरिरहेका विनयी त्रिवेणी-५, का २५ बर्षीय पदम सुनाखरी मगरको टिप्परमा टाउको ठोक्किएर मृत्यु भएको हो । जिपको छेउतर्फ झुण्डिएर यात्रा गरेका मगरको सडक छेउमा रोकिराखेको ग १ ज ८२२१ नम्बरको टिप्परमा टाउको ठोक्किदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जानकारी दिएको छ । क्षमता भन्दा धेरै यात्रु राखेका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार